अर्थतन्त्रको आकार भन्दा धेरै भयो बैंकहरुको निक्षेप

अर्थ समाचार

Yugnepal     996 पटक पढिएको    

अर्थतन्त्रको आकार भन्दा धेरै भयो बैंकहरुको निक्षेप

अर्थतन्त्रको आकार भन्दा धेरै भयो बैंकहरुको निक्षेप
काठमान्डौं । नेपालको अर्थतन्त्रको आकार भन्दा बैंकहरुले संकलन गरेको निक्षेप   बढी भएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा ३० खर्ब ६६ अर्ब भन्दा धेरै निक्षेप संकलन गरेका छन् । अहिले नेपालको अर्थतन्त्रको आकार ३० खर्बको हाराहारीमा रहेको छ । यसरी हेर्दा वाणिज्य बैंक विकास बैंक,र फाइनान्स कम्पनीले संकलन गरेको निक्षेप नेपालको अर्थतन्त्रको आकार भन्दा ६० अर्बले बढी रहेको देखिन्छ ।


बैक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको पुष मसान्तमा २५ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चालु आर्थिक बर्षको सोही अवधिको भन्दा ५ खर्ब ३१ अर्ब अथात् २१ प्रतिशतले कम हो ।


यस्तै बैंकहरुले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा २७ खर्ब ३७ अर्ब ६३ करोड १६ लाख कर्जा लगानी गरेका छन् । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पुष मसान्तमा बैंकहरुको कर्जा लगानी २२ खर्ब ८ अर्ब ८५ करोड १२ लाख रुपैयाँ रहेको थियो । बैंकिङ खबर



सोमबार २०, फागुन २०७५ ०६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.