प्रेसलाई कुण्ठित पार्ने गतिविधी काँग्रेसलाई मान्ने छैनः देउवा

राजनिति

Yugnepal     1076 पटक पढिएको    

प्रेसलाई कुण्ठित पार्ने गतिविधी काँग्रेसलाई मान्ने छैनः देउवा

प्रेसलाई कुण्ठित पार्ने गतिविधी काँग्रेसलाई मान्ने छैनः देउवा

महेन्द्रनगर। प्रेसलाई कुण्ठित पार्ने किसिमको विधेयक नेपाली काँग्रेसलाई मान्ने नहुने पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले बताएका छन्।

नेपाल प्रेस युनियन कञ्चनपुरको पाचौँ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै देउवाले प्रजातन्त्रमा विश्वास गर्ने पार्टी नेपाली काँग्रेसले प्रेसको कहिल्यै विरोध नगरेको समेत बताए। देउवाले अधिवेशनको सफलता र नव निर्वाचित प्रेस युनियनका पदाधिकारीलाई अग्रिम शुभकामना समेत प्रकट गरे । 

त्यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन पी साउदले कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले जनताको सुचनाको हकलाई कुण्ठित गर्न खोजेको बताए । तानाशाहिका बिरूद्ध लड्ने सशक्त माध्यम प्रेसको सम्मान सबैले मिलेर गर्नुपर्ने उनले बताए। 

आपराधिक गतिबिधिमा संलग्नलाई संरक्षण गर्ने सरकारलाई लोकतान्त्रिक मान्न नमिल्ने अर्का नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता रमेश लेखकले बताए। देशमा शान्ति सुरक्षा एवम विकासमुलक काम गर्न नसकेकाले वर्तमान सरकारको कुनै औचित्य नरहेको उनको दाबी छ। देशको राजनैतिक चरित्रको निष्पक्ष मापन गर्ने एकमात्र माध्यम पत्रकारिता रहेकाले यसलाई सबैले सम्मानपूर्वक हेर्नूपर्ने उनले बताए ।
 



शनिबार १८, फागुन २०७५ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.