गोली र बम हानाहान गर्न थाले भारतीय(पाकिस्तानी सेना, ५ नागरिकको मृत्यु

विदेश

Yugnepal     1117 पटक पढिएको    

गोली र बम हानाहान गर्न थाले भारतीय(पाकिस्तानी सेना, ५ नागरिकको मृत्यु

गोली र बम हानाहान गर्न थाले भारतीय(पाकिस्तानी सेना, ५ नागरिकको मृत्यु

काठमाडौं । शुक्रबार भारतका विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी सेनाले फिर्ता गरेको छ । यसपछि दुईदेशीय सम्बन्ध केही बढ्ने विश्वास गरिएको थियो । तर, सैनिक फिर्ता गरेको भोलिपल्टै दुबै देश एक आपसमा गोली हानाहान गर्न सुरु गरेका छन् । 

अलजजिराको एक रिपोर्ट अनुसार पाकिस्तानी सेनाले चलाएको गोली लागि ५ स्थानीयले ज्याज गुमाएको बताईएको छ । जम्मू(कश्मीरको पुन्छ जिल्लामा नियन्त्रण रेखा ९एलओसी० मा पाकिस्तानी सेनाको तर्फबाट गरिएको गोलाबारीमा ५ जनाको ज्यान गएको हो । यो गोलाबारी शनिबार विहानैदेखि भईरहेको छ । 

स्थानीय प्रहरीका अनुसार एलओसीको नजिक कृष्णाघाटी सेक्टरमा झलास इलाकाको सलोत्री गाउँमा पाकिस्तानी सेनाद्वारा फ्याकिएको सो गोली शुक्रवार राति र शनिबार विहान एक घरभित्र पुगेर पड्किएको थियो । जसमा एक महिला र दुई बच्चाको ज्यान गएको छ । एक पुलिस अधिकारीका अनुसार बाँकी रहेको दुई जनाको पहिचान खुल्न सकेको छैन । 

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय पुगेर उनको स्वागत गरेका थिए। इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता भएका हुन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए।

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो। तर प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए। उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । 



शनिबार १८, फागुन २०७५ ०३:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal