हुलाक सेवामा जनताको आकर्षण घट्दै

Yugnepal     1070 पटक पढिएको    

हुलाक सेवामा जनताको आकर्षण घट्दै

सूचना प्रविधिको बढ्दो विकासले गर्दा विश्व एक मुठिमा हुन पुगेको छ । विश्वमा नया नया प्रविधिको विकासले घण्टौ लाग्ने काम पनि तत्काल हुन सक्ने भएको छ । त्यसैले  परम्परागत काम गर्न परिपाटिहरुको विस्तारै कम हुन थालेका छन् । लामो समय लाग्ने कामको सेकेण्डमा हुने गरेका छ । त्यस्तै मध्ये एक हो हुलाक सेवा । हुलाक सेवाबाट कुनै सुचना पठाउनुपर्दा महिना दिन लाग्ने भएकाले त्यति आकर्षण रहेको पाईदैन् । यातायातको पहुँच र संचारले मारेको फड्कोले गर्दा हुलाक कार्यालयमा त्यति आकर्षण नहुने गरेको हो । पहिला कुनै कुराको आदान प्रदान गर्नुपर्दा हुलाक कार्यालयबाट मात्र हुन्थ्यो तर हाल मोवाईल फोन र सामाजिक सञ्जालको विकासले गर्दा तुरुन्तै हुने गरेको छ ।

             
यसरि पछिल्लो समय हुलाकको महत्व घटेको भएपनि कुनै कुनै सरकारी कामलाई हुलाक कार्यालयबाट गर्न सकिने व्यवस्था गरेको छ । यसरि विश्वमा भईरहेको संचारको विकासले गर्दा हुलाक सेवामा जनताको आकर्षण नभएपनि हुलाक कार्यलय विस्थापित भने नभएको बताउनुहुन्छ जिल्ला हुलाक कार्यालय कैलालीका नायव सुव्वा गणेश दत्त भट्ट ।

कैलालीमा १३ वटा ईलाका हुलाक कार्यालय र ३३ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा रहेका छन् । जिल्ला हुलाक कार्यालयबाट करिव ४ सय चिठ्ठि, पुलिन्द रजिष्ट्रि करिव १०, पाठसाला ९मालसामान० १५ वटा र सामान्य पत्रपत्रिका करिव ७ सय जति दैनिक रुपमा आहोर दोहोर हुने गरेको कार्यालयले जनाएको छ । त्यस्तै ५ सय वाट क्षमतासम्मका एफएम रेडियो दर्ता नविकरणको जिम्मा जिल्ला हुलाक कार्यालयबाट गर्न सकिने व्यवस्था रहेको छ । आर्थिक बर्ष २०७६÷०७७ का लागि २० देखी १ सय वाट क्षमताका १४ र १ सय देखी ५ सय वाट क्षमताका ११ गरि २५ वटा रेडियोहरुले दर्ता नविकरण गराएको जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख मेनका श्रेष्ठले बताउनुभयो । रेडीयो के एम सी बाट साभार ।



बिहिबार १६, साउन २०७६ ०२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.