रसुवागढीमा जिपमा ढुंगा खस्दा मृत्यु भएकाको सनाखत

Yugnepal     947 पटक पढिएको    

रसुवागढीमा जिपमा ढुंगा खस्दा मृत्यु भएकाको सनाखत

काठमाडौं,  । रसुवागढी(स्याफ्रुवेशी सडक खण्डको तातोपानी नजिक गुडिरहेको जिपमा ढुंगा खस्दा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। शनिबार साँझ ५स्१५ बजे रसुवाको रसुवागढीबाट काठमाडौंतर्फ जाने क्रममा ना१ज ७८२४ नम्बरको टाटासुमो जीपमा सवार १० यात्रुमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुने दुवै जना सोलुखुम्बु जिल्लाका रहेका प्रहरीले बताएको छ। मृत्यु हुनेमा ४० वर्षीय दावा शेर्पा र ४७ वर्षीय वोङ्छु शेर्पा छन्।

दुर्घटनामा ८ जना घाइते भएका थिए। घाइतेहरुमध्ये ५ जनालाई प्राथमिक स्वास्थ्य चौकी टिमुरे, जिल्ला अस्पताल रसुवामा उपचारपश्चात् थप उपचारको लागि राति नै ११स्३० बजे नै काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो भने ३ जना सामान्य उपचारपश्चात् घर फर्किइसकेका प्रहरी जानकारी दिएको छ।

घाइतेहरूमा सवारी चालक सिन्धुलीका वर्ष २८ फुर्साङ स्याङ्तान सामान्य उपचारपछि घर फर्काइएको छ। बाँकी सबै घाइते सोलुखुम्बु जिल्लाकै रहेको बताइएको छ।

घाइतेमध्ये फुरी शेर्पा र दोर्जी शेर्पाको सामान्य उपचारपछि घर फर्काइएको र तेन्दी शेर्पा, आङ ङवाङ शेर्पा, छिरिङ दोर्जी शेर्पा, भलाकाजी शेर्पा र छोङवा शेर्पाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।



आइतबार १२, साउन २०७६ ०१:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal