मौसमले अब खतरा कहाँ कहाँ

Yugnepal     639 पटक पढिएको    

मौसमले अब खतरा कहाँ कहाँ

 

काठमाडौं । मनसुनको न्यून चापिय रेखा नेपाल भन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुन कम सक्रिय हुँदै गएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । 

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । 

पहाडी तथा तराई भेकका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि बताएको छ । राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

देशको पहाडी तथा तराई भेकका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ । 

तर पहिले नै वर्षा भइसकेको अवस्थामा कम मात्र वर्षा हुँदा पनि बाढी र पहिरोको खतरा भने भइरहने छ । 

बिहीबार रातभर देशभर आंशिकदेखि सामान्य वदली रही मध्य तराई र पूर्वी तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भएको थियो ।

शनिबार र आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बिहीबार सबैभन्दा बढी सिमरामा ८९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी धनकुटामा ५५।७ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौंमा भने ०।७ मिलिमिटर मात्र वर्षा भएको थियो । 

यतिबेला भने काठमाडौं उपत्यकाको मौसममा बादलले ढाकेको छ । वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । 



शुक्रबार १०, साउन २०७६ १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.