धमलाको हमला कार्यक्रममा धरधरी रुवाए

Yugnepal     625 पटक पढिएको    

धमलाको हमला कार्यक्रममा  धरधरी रुवाए

 

वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी र पीडित महिला मद्मा संग्रोलाबीच गरिएको जनता जान्न चाहन्छन् कार्यक्रम वास्तवमै भावुक बन्यो । पत्रकार ऋषी धमालाको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा न्यायपालिकाका कारण न्याय नपाएकी एक महिलाको पीडा साँच्दै मार्मीक छ । कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता त्रिपाठीले पनि न्यायपालिकाले सय प्रतिशत न्याय दिन नसकेको बताए । उनले न्याय पालिका ट्रायलको प्रकृयामा रहेका कारण स्वतन्त्र ढंगले काम गर्न नपाएको बताए । यति हुँदाुहँदै पनि न्यायपालिकाको अर्को विकल्प नभएको बताए ।

वित्तियसस्था चलाउने ब्यक्तिको घर मद्माले होटल ब्यवसाय सञ्चालनका लागि भाडामा लिइन् । सुदर्शनराज पाण्डेको घर ति महिलाले भाडामा लिएकी हुन् । सम्झौता गरेर उनले पाँच वर्षको लागि भाडामा लिइन् । प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्नेगरी सम्झौता गरेकी पद्मा ठगीएपछि अहिले मिडियामा धरधरी रुने अवस्थामा पुगेकी छन् । कार्यक्रममा आएकी उनी बोल्न पनि सकिनन् । एक जना महिलाले दुईवटा बच्चा लिएर ८ जनालाई रोजगारी समेत दिएकी थिएं । उनले कार्यक्रममा भनिन् मेरो सम्पत्ती हडप्न मलाई जबरजस्ती घरजग्गा किन्न लगाइयो । आफै बित्तियसंस्था चलाउने सञ्चालकले म एउटा महिलालाई यसरी ठगे अब म के गरुँ उनले रुँदै भनिन् । उनले भाडामा लिएको घर करार अवधि नसकिदै करोडौं रुपैया ऋणमा लिएर त्यही घर धितोमा राखेर आफुलाई धितोमा राखेको घर जबरजस्ती किन्न लगाएको उनको भनाई छ ।



बिहिबार ०९, साउन २०७६ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.