‘जीवनस्तर उकास्दै नेपालको आर्थिक समृद्धिको बाटोमा सहयात्री बन्छौं’

अर्थ

Yugnepal     742 पटक पढिएको    

‘जीवनस्तर उकास्दै नेपालको आर्थिक समृद्धिको बाटोमा सहयात्री बन्छौं’

‘जीवनस्तर उकास्दै नेपालको आर्थिक समृद्धिको बाटोमा सहयात्री बन्छौं’
सञ्जय जाधब, भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अपरेसन, महिन्द्रा एन्ड महिन्द्रा, भारत

 
काठमाडौं । महिन्द्राले शुक्रबार एउटा कार्यक्रम भव्यताका साथ उद्घाटन गर्‍यो । कम्पनीले नेपालका पार्टनर संस्थाहरुको सहकार्यमा नेपालमा पहिलोपटक एकै छानामुनि सबै उत्पादन उपलब्ध गराएको हो । महिन्द्रा एन्ड महिन्द्राले नेपालस्थित आफ्नो विक्रेता तथा वितरकहरु अग्नी इन्कर्पोरेट, एमभी दुगड र स्वराज पार्टनरसँग सहकार्य गर्दै मेला आयोजना गरेको हो ।

कम्पनीले मोबिलिटि सोलुसनअन्तर्गतका सबै रेन्जका साधन मेलामा उपलब्ध गराएको छ । मेलामा दुई पांग्रेदेखि प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीजन्य उत्पादन तथा हेभि एक्युपमेन्ट उपलब्ध छन् ।

 बम बम बम
सोही कार्यक्रममा सहभागी हुन महिन्द्रा एन्ड महिन्द्रा, भारतका भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अपरेसन सञ्जय जाधब विशेष अतिथिको रुपमा आएका थिए । उनै जाधबलाई ‘यस्तो मेला आयोजना गर्नुको उद्देश्यबारे बाह्रखरीका रोविन पौडेलले सोधेका थिए–
महिन्द्रा उदय आयाजना गर्नुको उद्देश्य नेपाली उपभोक्तामाझ हाम्रो उत्पादन शोकेस गर्नु हो । हामीले नेपाली बजारमा हाम्रो बजार विस्तारमा सहकार्य गर्दै आएका साझेदारहरुको सह–आयोजना गरेका हौं । यस्तो अवसर सम्भवतः नेपामा पहिलोपटक आयोजना भएको हो ।
हामी नेपालमा उपलब्ध हाम्रो पोर्टफोलियो प्रदर्शन गर्न चाहन्छौं । यो पोर्टफोलियो हामीले २५ वर्षमा कमाएको उपलब्धी हो ।

नेपाली बजार प्रवेश गरेसँगै हामीले अटो बजारमा मात्र सीमित भएका छैनौं । हाम्रो लगानी अवसरका विविध क्षेत्रमा लगानी गरेका छौं । नेपाली उपभोक्ता र उनीहरुको दैनिक जीवनलाई सहज बनाउन हामी दिनरात कार्यरत छौं । त्यसका लागि कृषिदेखि उद्योग, व्यापार र सेवाक्षेत्रमा अत्यावश्यक सामग्रीको उत्पादनमा निरनतर लागेका छौं ।

यो मेलाको माध्यमबाट हामी हाम्रो सबै उपभोक्तालाई एउटै छानामुनि ल्याएर हाम्रो उत्पादन देखाउन चाहन्छौं, उहाँहरुलाई हाम्रो सेवाको बारेमा जानकारी गराउन चाहन्छौं । ट्रक ड्राइभरलाई हाम्रो मोटरसाइकल देखाउन चाहन्छौं भने मोटरसाइल चलाउनेलाई हाम्रा कार देखाउन चाहन्छौं ।

यो उत्सव एक मेला उत्सव मात्र होइन । यो महोत्सव हो, किनकी मेलालाई थप जीवन्त बनाउन संगीत, कलाकारहरुको लाइभ प्रस्तुती तथा खानाहरुको स्टल पनि व्यवस्था गरिएको छ ।

सम्बन्ध निर्माणको अवसर
हामी यो उत्सवका माध्यमबाट विभिन्न व्यक्ति र व्यवसायीहरुलाई हाम्रा उत्पादन चुन्ने प्लेटफर्म तयार पारेका छौं । आपसी सहकार्य र कुराकानीका माध्यमबाट एकअर्कामा हामी दीगो र मजबुद सम्बन्ध निर्माण गर्न चाहन्छौं । हामी विभिन्न प्रदर्शनीमा सहभागी हुन्छौं । तर, त्यहाँ विभिन्न कम्पनी सहभागी हुन्छन् । त्यहाँ कुनै पनि कम्पनीले आफ्नो चाहनाअनुसार व्यवसाय विस्तार र क्षमताका बारेमा सोच्न पाउँदैनन् । यस्ता किसिमको उत्सवमा हामीले प्राप्त गर्न सक्ने सविधा नै यही हो ।

नेपाली बजारको श्रेय स्थानीय साझेदारलाई 

महिन्द्रा समूह २०।७ अरब अमेरिकी डलर मूल्यांकन गरिएको कम्पनीहरूको समूह हो । नेपालमा पनि सवारी साधानको विभिन्न सेग्मेन्टमा नेपालमा लिड गरिरहेका छौं । यसको श्रेय हाम्रा उत्पादनलाई नभएर म हाम्रा साझेदारलाई दिन चाहन्छु । नेपालका सहयात्रीहरुले हामीलाई दिएको साथ, आफ्टर सेल्स सर्भिस हाम्रो उत्पादन नेपाली बजारमा रुचाउनुको कारण हो ।

हाम्रो सफलता र नेपालमा तयार भएको पोर्टफोलियो हाम्रै साझेदारका कारण हो । नेपाली उपभोक्तामाझ हामी विश्वास जागृत गराउन चाहन्छौं । नेपाल र नेपालको बढ्दो अर्थतन्त्रबाट हामीले ठूलो अपेक्षा राखेका छौं । नेपालको बजार ठूलो पनि छ, यो अझै ठूलो हुनेछ ।

मार्केट सेयरभन्दा कस्टुमर स्याटिस्फ्याक्सन प्राथमिकता

मार्केट सेयर व्यवसायको ठूलो सफलता हो । तर, मार्केट सेयर एकमात्र सफलताको सुचक भने होइन । हाम्रो चाहना ठूलो बजार आधार सिर्जना गर्ने हो । हामी व्यवसाय विस्तार गर्न गर्न चाहन्छौं ।

तर, उपभोक्ताको मुहारमा खुसी ल्याउने हाम्रो चाहना हो । त्यसकाराण हाम्रो संस्थागत सुदृढतामा जोड दिएका छौं । कर्मचारीलाई तालिमको व्यवस्था गर्न थालेका छौं । सेवा विस्तार गर्दै छौं । सेवा भन्नाले मर्मतमात्र हाइन, उपभोक्तामाझ विश्वास सिर्जना गर्नु हामीले दायित्व ठानेका छौं ।

नेपालीको जीवनमा समृद्धि ल्याउछौं 

हाम्रो लक्ष्य नेपालीको मुहारमा मुस्कान ल्याउने नै हो । आर्थिक समृद्धिसँगै नेपालीको जीवन उकास्न हामी सक्दो प्रयास गरिररहेका छौं । हाम्रो व्यवसाय विस्ताको उत्प्रेरणा पनि हरे नेपालीलाई आर्थिक रुपमा समृद्ध बनाउने नै हो । हामी आवश्यक प्रविधि र सामग्री उत्पादन गछौं, तपाईंहरु व्यवसाय गर्नुस्, जीवनस्तर उकास्नुस् ।

महिन्द्रका बारेमा

महिन्द्रा समूहले मानिसहरूलाई नवीनतम गतिशिलतासम्बन्धी समाधानहरू, ग्रामिण गरिबी निवारण, शहरी जीवनमा सुधार, नयाँ व्यवसायहरूको प्रवद्र्धन र समुदायहरूको लालनपालनमार्फत् मानिसहरूलाई प्रगति गर्न सक्षम बनाउँछ । जनोपयोगी वाहनहरू, सूचना प्रविधि, वित्तिय सेवाहरू र बिदा स्वामित्वको क्षेत्रमा महिन्द्रा समूह भारतमा नेतृत्वदायी स्थानमा छ । बिक्रीको परिमाणको आधारमा यो विश्वको सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । कृषि व्यवसाय, अन्तरिक्ष, व्यावसायिक वाहनहरू, रक्षा, घरजग्गा, नवीकरणीय ऊर्जा, स्पीडबोट, इस्पात ९स्टिल० र अन्य व्यवसायहरूमा कम्पनीको बलियो उपस्थिति छ । भारतमा मुख्य कार्यालय रहेको यस कम्पनीले १०० देशहरूमा २४०,००० भन्दा बढी व्यक्तिहरूलाई रोजगारी दिएको छ ।



आइतबार १२, फागुन २०७५ १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.