कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैं, विधानलाई अन्तिम रुप दिने तयारी

राजनिति

Yugnepal     775 पटक पढिएको    

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैं, विधानलाई अन्तिम रुप दिने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैं, विधानलाई अन्तिम रुप दिने तयारी 
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्ने बैठकले विधानलाई अन्तिम रुप दिने तयारी गरिएको छ । यसअघि शनिवार बसेको बैठकमा केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तलैबाट चुनिएर आउनुपर्ने कि नपर्ने तथा समानुपातिक सांसद दोस्रो कार्यकाल दोहोरिन पाउने कि नपाउने भन्ने विवाद तत्कालका लागि थाती राखेर विधानको गाँठो फुकाउन कांग्रेसमा मध्यमार्गी प्रस्ताव आएको छ ।  दुई विषयमा लामो समयदेखि चलेको बहस विवादका रूपमा गहिरिँदै गएपछि विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्ताव ल्याएका हुन् । आइतबार विधानलाई अन्तिम रूप दिने गरी शनिबार सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा भएको छलफलमा पनि तर्क बाझिएपछि समिति संयोजक खड्काले विवादित विषय थाती राखेर भए पनि विधान पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।  खड्काको प्रस्तावमा नेता रामचन्द्र पौडेलले भने असहमति जनाएका छन् । विधानजस्तो विषयमा कुनै कुरा थाती राखेर जान नहुने उनको तर्क थियो । सहमहामन्त्री कृष्णप्रसाद सिटौलाले विधानलाई लामो समय रोक्न नहुने बताए । सभापति देउवाले बोलाएको छलफलमा नेता पौडेल, सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा। प्रकाशशरण महत सहभागी थिए । 



आइतबार १२, फागुन २०७५ १०:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.