नक्कली लाइसेन्स बनाउने दुई दलाल पक्राउ

Yugnepal     1019 पटक पढिएको    

नक्कली लाइसेन्स बनाउने दुई दलाल पक्राउ

 

जनकपुरधाम ।  नक्कली सवारी अनुमति पत्र ९लाइसेन्स० बनाउने दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर  ९ बालगंगा चोकबाट नक्कली अनुमति पत्र बनाउने समूहका दुई जनालाई कागजसहित धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हंसपुर नगरपाललिका वडा नम्बर ६ बस्ने सफिक मन्सुरका  छोरा वर्ष ३४ को अलिअकवर मन्सुर र  औरही गाउँपालीका ६ बस्ने अली बकस मन्सुरको छोरा वर्ष २४ को सब्जान मन्सुर रहेका हुन् ।

सूचनाको आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको टोलीले पक्राउ गरेको धनुषा प्रहरीले   दुवै जनाले काठमाडौंमा नक्कली सवारी चालक अनुमति पत्र बनाई धनुषाका युवाहरुसँग पैसा लिई वितरण गरिरहेका थियो  ।

प्रहरीका अनुसार सो स्थानमा खटेका प्रहरीले उल्लेखीत व्यक्तिहरुको पहिचान गरी खानतलासी गर्दा निजहरुको साथबाट ५–५ थान सवारी चालक अनुमति पत्र बरामद भएको हुँदा सवारी चालक अनुमति पत्रसहित दुबै जनालाई नियन्त्रणमा लिएका छन ।

पक्राउ दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेका  प्रहरी स्रोतले जानकारी दिए ।



बुधबार ०८, साउन २०७६ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal