स्वास्थ्य केन्द्रमा पार्टी चलाउने प्रमुखले दिए धम्कीपुर्ण चेतावनी

Yugnepal     896 पटक पढिएको    

स्वास्थ्य केन्द्रमा पार्टी चलाउने प्रमुखले दिए धम्कीपुर्ण चेतावनी

 

तेह्रथुम। प्राथमिक स्वास्थ्य केन्द्र भित्र पार्टी संचालन गर्ने केन्द्रका प्रमुखडा। सन्तोषप्रसाद शाहले हाम्रोसवाल अनलाइनका संचालकरसम्पादक अमृत बास्तोलालाई धम्कीपुर्ण चेतावनी दिएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भित्र बुधबार राती पार्टी र दोहोरी साँझ नै चलेको समाचारको विषयमा सम्पादक बास्तोलालाई शुक्रबार दिउँसो ११ बजेर ३ मिनेटमा फोन गर्दै स्वास्थ्य केन्द्रका प्रमुख डा। शाहले मेरो मानहानी भयो, १० मिनेट भित्र आठराई गाउँपालिकाको कार्यालयमा उपस्थित हुन भन्दै चेतावनी दिएका हुन्।

स्वास्थ्य केन्द्रमा पार्टी संचालन भएको विषयमा बिरामीले केही भनेका छैनन् , पत्रकारले चासो राख्ने विषय नभएको स्वास्थ्य केन्द्र प्रमुख डा। शाहले बताएका छन्। समाचारले आफ्नो बदनाम भएकोले अब आफुपनि चुप लागेर नबस्ने उनको भनाइ छ ।

गाउँपालिकामा समाचारको विषयमा छलफल गर्न डा। शाहले आह्वान गरेका हुन् । सम्पादक बास्तोलाले १० मिनेट भित्र उपस्थित हुन नसक्ने बताउदै समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो रोज्न आग्रह गरेका छन् ।

बुधबार राति चर्चित गित गलबन्दीको भाकासँगै माहोलले स्वास्थ्य केन्द्रलाई तताएको थियो । आठराईका स्वास्थ प्रमुख एवम् प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा। शाहले केन्द्र भित्रै पाटि संचालन भएको बताएका थिए । स्वास्थ्य केन्द्र गलबन्दी च्यातिएको उपचार गर्ने ठाउँ होइन, सबै किसिमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निकाय हो ।



बुधबार ०८, साउन २०७६ १२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal