कैलालीको अत्तरियामा अबैध घरेलु मदिरा ईलाका प्रहरीले बरामतसँगै नष्ट

Yugnepal     842 पटक पढिएको    

कैलालीको अत्तरियामा अबैध घरेलु मदिरा ईलाका प्रहरीले बरामतसँगै नष्ट

 

कैलाली जिल्लाको गोदावरी नगरपालिकाको मालाखेती ईलाका प्रहरी कार्यालय मालाखेतीले अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ २ हजार लिटर , घरेलु तयारी मदिरा ७०लिटर बनाउन प्रयोग गरिने भाडावर्तन ६ सेट अन्य मदिरा बनाउने भाडाकुडाहरु बरामत गरि नष्ट गरेका छन् ।


साउन ६ गते ईलाका प्रहरी कार्यालय मालाखेती कैलाली गोदावरी नगरपालिकाका वडा एरिया अन्तरर्गतका होटल तथा घरहरुमा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भई रहेका छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी नायव निरीक्षक बिनोद प्रसाद जोशीको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले गोदावरी नगरपालिका वडा नम्बर१ स्थित रहेका होटल तथा घरहरुमा चेक जाँच गर्दा रुपा देवी चौधारी ,कुल ब। पुन र पवित्रा मगर टिका शाही लगाएतका मानिसहरुको होटल र घरबाट घरेलु मदिरा सहित कच्चा पदार्थ बरामत गरिएका थिए ।


उक्त पदार्थको मुचुल्का तयार पारि प्रहरी कार्यालयको हाता भित्रको उत्तर पट्टीको खाली जमिनमा खाल्डो खनि नष्ट गरिएको थियो । यस क्षेत्रमा रहेका बिभिन्न सरसंस्था जस्तै अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटा, गोदावरी होटल व्यवसाय संघका सचिव लोकेश खड्का ,वडा न।१का वाडअध्यक्ष कृत ब। चन्द, वडा न। २ का कमल कडायत र नेकपा क्रान्तीकारी दलका टंक कोईराला र स्थानिय व्यक्तिहरुको रोहवरमा उक्त बस्तु नष्ट गरेका थिए ।



सोमबार ०६, साउन २०७६ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.