बझाङमा एक महिला रुखमा झुन्डिएको अवस्थामा फेला

Yugnepal     914 पटक पढिएको    

बझाङमा एक महिला रुखमा झुन्डिएको अवस्थामा फेला


 बझाङको बुङ्गल नगरपालिका–६ डिन्नुमा खेतमा कोदो गोड्न हिनेकी एक महिला रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

सोही ठाउँका दिलबहादुर बोहराकी २० वर्षीया श्रीमती निर्मला बोहरा आइतबार बिहान करिब सात बजे तिर रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

खाना खाएर खेतमा कोदो गोड्न भनी हिनेकी निर्मला खेत नजिकैको मेलको रुखमा पलास्टिकको डोरी ९नाम्लो० ले झुल्डीकी थिइन् । रुखमा झुण्डिएको अवस्थामा बिहान करिब १० बजे तिर स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय बुङ्गलमा जानकारी गराएको प्रहरी निरीक्षक जनक धामीले बताए ।

अहिले निर्मलाको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी निरीक्षक जनक धामीको जानकारी दिए ।



सोमबार ०६, साउन २०७६ ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal