भोलि कांग्रेस नरहने खतरा बढ्यो – पुरञ्जन आचार्य

Yugnepal     643 पटक पढिएको    

भोलि कांग्रेस नरहने खतरा बढ्यो – पुरञ्जन आचार्य

 

काठमाडौं । राजनीतिक विश्लेषक पुरन्जन आचार्यले भोलि नेपाली काँग्रेस पार्टी नै बिलाएर जाने खतरा रहेको बताएका छन् । पछिल्लो समय काँग्रेस नेतृत्वले गर्दै आएका निर्णय र व्यवहारले काँग्रेसको अस्तित्व खतरामा रहेको उनले विश्लेषण गरेका हुन् । 

काँग्रेसभित्र नेतृत्वको आलोचना गर्न नपाइने गरी पार्टीलाई कानुनी पार्टी बनाउन खोजिएको उनको आरोप छ । उनले भने, ‘नेतृत्व कमजोर छ । असुरक्षित छ । आफूलाई बचाउनका लागि यो रणनीति खेलिरहेको छ ।’

विश्लेषक आचार्यले भने, ‘नेतृत्वले तानशाही प्रवृत्ति अपनाउँदै गर्दा अर्कातिर युवाहरु आफ्नो पहुँच बनाउन खोज्दैछन् भने एक पक्ष जनतासंग नजिक हुन खोज्दैछ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा लक्षित टिप्पणी गर्दै भने, ‘नेतृत्वको टोली जसको नेतृत्वमा पार्टीले चुनाव हारेको छ । असफल छ । नयाँ नयाँ योजना ल्याउनु पर्नेमा कठोर नीति लिएर हिँड्न खोज्दैछ । यस्तै तरिकाले गयो भने भोलि पार्टी नै नरहला भन्ने खतरा छ ।’ 

उनले देउवा शैलीको आलोचना गर्दै भने, ‘काँग्रेस राजनीतिक पार्टी हो भने नेताहरुको विरोध गर्नै नपाइने हुनै सक्दैन । कांग्रेसले तीन चार दशकदेखि अवसरवादी कम्युनिष्टहरुको संगतमा परेर बिग्रिएको छ । कम्युनिष्ट ढाँचामा काँग्रेस जान खोजिरहेको छ ।’ 

उनले काँग्रेसको पछिल्लो नियमावलीमा समस्या रहेको उल्लेख गर्दै भने, ‘काँग्रेसको नियमावली पूरै फेर्नुपर्ने अवस्था छ । यस्तो नियमावली लिएर काँग्रेस अगाडि बढ्न सक्दैन । 

आचायले ‘काँग्रेस के हो भनेर अगाडि बढ्ने हो भने पार्टी स्थायित्व बन्न सक्ला तर देउवा इतरको भेला गरेर पनि कुनै अर्थ छैन’ भने ।

उनले भने, ‘शेरबहादुरको गल्ती कमजोरीले पार्टी धरासायी बनेको छ । भोलिका दिनमा कसरी नेपाली जनतासंग जोडिने भनेर लाग्ने हो भने काँग्रेसले उन्नति गर्ला होइन भने शेरबहादर गएर रामबहादुर आउँदैमा केही फरक पर्ने छैन ।’ 

आचार्यले युवा जोशमा भरोसा गर्दै भनेका छन्, ‘युवाहरुले चाहने हो भने काँग्रेसलाई सशक्त बनाउन सक्छन् । काँग्रेसको हिजोको इतिहास आकर्षक छ । तर इतिहास मात्र बोकेर काँग्रेस अगाडि बढ्न सक्दैन । युवाहरुले अब हस्तक्षेप गर्नुपर्छ । युवाहरु पनि कतै गएर लट्पटिने गरिरहेको अवस्था छ । यो अवस्थाबाट मुक्त हुनुपर्छ । नयाँ कार्यक्रम बनाउँछौं भनेर युवाहरु अगाडि आउनु पर्छ । ’ 

महाधिवेशनको प्रसंग 
१४ औ। महाधिवेशनको समय आउन लागिसक्यो । देउवाको समय फागुनमा सकिँदैछ । तर चुनाव समयमै नहुने पक्का छ । आचार्य भन्छन्, ‘महाधिवेशनको समय दुई वर्ष सार्न शेरबहादुर देउवा तयार छन् । उनी चुनाव गराउने जाँगर देखाइरहेका छैनन् । स्थानीय तहको चुनाव आउँछ अनि फेरि पछाडि धकेलिन्छ ।’ 

उनले विश्लेषण गर्दै भने, ‘यदि यस्तै भयो भने स्थानीय तहको निर्वाचनमा काँग्रेस फेरि पनि धरासायी बन्नेछ । काँग्रेसभित्रै पनि काँग्रेसलाई धरासायी बनाउन लाग्ने नेताहरु छन् । कम्युनिष्टको हातमा सरकार जाओस् र आफ्नो स्वार्थ भने पूरा भइराखोस् भनेर कामना गर्नेहरु पनि छन् ।’ 

कर्मठप्रति बोल्दै आचायले ‘काँग्रेसलाई माया गर्नेहरु काँग्रेसभित्र नभएकाहरु हैनन् । तर तिनीहरुलाई लाखापाखा गर्ने काम भएको छ । प्रायश्चित गर्ने काम भएको छैन ’, भने । 

प्रतिपक्षीको भूमिका निभाउन नसकेकाप्रति आचार्य भन्छन्, ‘केपी शर्मा ओलीले गर्न नसकेको काम काँग्रेसले गर्न सक्नेथियो । तर ओलीले त काम गर्ने लक्षण नै ल्याएका छैनन् ।’ 

सरकारबारे बोल्दै आचार्य भन्छन्, ‘संसारमा कम्युनिष्टले एक पटक सत्ता सम्हालेपछि फेरि सत्ता छाडेको विरलै उदाहारण छ संसारमा । ओलीको सरकार अझै फासिष्ट शैलीमा जाँदैछ । भोलिका दिनमा ओलीको सरकार अझै कठोर हुनेछ । स्रोत, साधनको दुरुपयोग गरेरै भए पनि चुनाव जित्ने बाटोमा ओली सरकार जाँदैछ ।’



सोमबार ०६, साउन २०७६ १०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.