दुई बर्ष देखि तलव भत्ता जेष्ठ नागरिकलाई उपलव्ध गराउदै वडा अध्यक्ष

Yugnepal     637 पटक पढिएको    

दुई बर्ष देखि तलव भत्ता जेष्ठ नागरिकलाई उपलव्ध गराउदै वडा अध्यक्ष

 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १ का वडा अध्यक्ष आसेफ कुवँरले दुई बर्ष देखि नगरपालिकाका तर्फ बाट उपलव्ध हुने तलव भत्ताको रकम जेष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई वितरण गर्दै आएका छन ।
वडा कार्यालय र घरमै पुगेर वडा अध्यक्ष कुवँरले आफुले पाउदै आएको तलव भत्ताको रकम वितरण गर्दै आएका हुन । नगरपालिका बाट प्राप्तहुने तलव भत्ताको रकम आफुले नलिने घोषणा गरेका कुवँरले सो तलव भत्ता जेष्ठनागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई वितरण गर्न थालेका छन ।

पाँच बर्षे कार्यकालको तलव भत्ताको पुरै रकम जेष्ठनागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई दिने मेरो प्रतिवद्धता हो वडा अध्यक्ष कुवँरले भने, ‘त्यही अनुरुप प्रति बर्ष वितरण गर्दै आएको छु । म नगरपालिकामा जनताको सेवक बनेर आएको हु । सोही अनुरुप सबैको सम्मान हुने गरी कार्य गर्छु ।’ जेष्ठनागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई उनले रु एक हजार पाँच सयका दरले रकम वितरण गर्दै आएका छन ।
आइतवार १५० जना जेष्ठनागरिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई भत्ताको रु दुई लाख ६२ हजार रकम वितरण गरिएको छ । स्थानिय तहको निर्वाचनकै बेला कुवँरले नगरपालिका बाट पाउने तलव भत्ताको रकम जेष्ठनागरिक र अपांगता भएका व्यक्तिहरुलाई दिने घोषणा गरेका थिए ।



आइतबार ०५, साउन २०७६ ०५:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.