मधेशकै नेता उपेन्द्र यादवले वाढीपिढीत प्रति चासो नदेखाएकोले पुत्ला दहन

Yugnepal     676 पटक पढिएको    

मधेशकै नेता उपेन्द्र यादवले वाढीपिढीत प्रति चासो नदेखाएकोले पुत्ला दहन

सिरहा । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित हुदाँ समेत बेवास्ता गरेको भन्दै सप्तरी जिल्लाका बाढी पीडितले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका पुत्ला जलाएका छन् ।

बाढिबाट सबैभन्दा बढि पीडित बनेको सप्तरीको तिलाठीका बाढि पीडितले मन्त्री यादवको पुतला जलाएका हुन ।

सो क्षेत्रमा बाढीका कारण केहीले ज्यान गुमाएका छन भने दर्जनौ अहिलेसम्म बेपत्ता छन् । आफ्नो क्षेत्रका बासिन्दा बाढिका कारण घरबार बिहिन बनेको बेला मन्त्री यादवले सहानुभुति समेत नराखेको भन्दै उनिहरुले यादवको पुत्ला दहन गरेका हुन ।

यादवले सप्तरीको सोही क्षेत्रबाट चुनाव जितेका थिए । सरकारका उपप्रधानमन्त्रीसमेत रहेका यादव अहिलेसम्म सो क्षेत्रमा पुगेका छैनन । पुत्ला दहनपछि आयोजित कोणसभामा मन्त्रीले आफ्नो क्षेत्रको समस्याबारे चासो नलिएकाले उनको पुत्ला जलाएको स्थानीय अनिल यादवले बताए । बाढी पीडित सरोज साहले भोट लिने बेला हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा चासो समेत नदिएको गुनासो गरे ।



मङ्गलबार ३१, असार २०७६ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.