कैलालीमा बस दुर्घटना हुँदा ९ जना घाइते

Yugnepal     727 पटक पढिएको    

कैलालीमा बस दुर्घटना हुँदा ९ जना घाइते

 

धनगढी,  । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरियामा बस दुर्घटना हुँदा नौं जना घाइते भएका छन् ।

सोमबार बिहान महेन्द्रनगरबाट बुटवल जाँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार नौं जना यात्रु सामान्य घाइते भएका हुन् ।

घाइते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । बसको रड भाँचिदा बस दुर्घटनामा परेको अनुमान गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सोमबार ३०, असार २०७६ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.