अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

Yugnepal     1052 पटक पढिएको    

अछाममा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

अछाम,  । अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका–५ का भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई वडाको कीर्तिपुरमा ठक्कर दिँदा मृत्यु भएको हो ।

अछामबाट नेपालगञ्जका लागि गएको ना ६ ख ४४५२ नम्बरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चालक बर्दियाको मदुबन नगरपालिका–४ का ४२ वर्षीय तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल अछाम पठाएको छ।



शुक्रबार २७, असार २०७६ ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.