पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारी वर्षा, पहिरोको खतरा

Yugnepal     822 पटक पढिएको    

पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारी वर्षा, पहिरोको खतरा

 

काठमाडौं। अहिले देशभर लगातारको मनसुनि वर्षा भै रहेको छ। आज दिउसो देशभर अधिकांश क्षेत्रमा वदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति देशभर अधिकांश क्षेत्रमा वदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुनेछ। यसैगरी आउने केही दिनसम्म देशका अधिकांश स्थानहरुमा  भारी बर्षा हुने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ। 

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू भागमा पहिरो जान सक्ने भएकाले सर्तक रहन आग्रह गरिएको छ। यसैगरी  पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकाले  उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहन महाशाखाले अपिल गरेको छ। 

प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तहमा बागमतीको पधेरादोभान बाढी मापन केन्द्रमा रातको ३ बजे जलसतह सतर्कता तह  पुगेको र बढ्दो रहेकाले रौतहट, सर्लाही जिल्लाका तटिय क्षेत्रमा हुनेहरूलाई सजग रहन आग्रह गरीएको छ। बाढि पुर्बानुमान शाखाका अनुसार बागमती राईगाँऊमा पनि जलसतह सतर्कता तह पार गरेको छ।

भारी बर्षाको कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास रहेको छ। थप बर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकोले नदीको तटिय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू भागमा अवस्थित छ। यसको साथै मध्य र पूर्वी भू(भागमा न्यून चापिय क्षेत्र  समेत रहेको छ। यसले केही  दिन सम्म मनसुन अति सक्रिय  भैरहने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

बिभिन्न स्थानमा पहिरोले बाटो अबरुद्ध
अबिरल बर्षाका कारण देशका बिभिन्न स्थानमा पहिरो आई बाटो अबरुद्ध भएका छन। काभ्रे रोशी गा।पा।११ बि।पि।राजमार्ग स्थित पिप्ले,कालढुङगा, रोशीपुल नजिक पहिरो आई बाटो बन्द भएको नेपाल बाढी सुचनाले जनाएको छ। यसैगरी बुटवल बाट पाल्पा जाने बाटो, लमजुङ बाट मनाङ जाने बाटो र भोजपुर बाट धरान जाने बाटो बन्द भएको पनि बाढी पुर्वामान महाशाखाले जनाएको छ। 



शुक्रबार २७, असार २०७६ १०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.