अछाममा चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

Yugnepal     726 पटक पढिएको    

अछाममा चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

अछाम,  । अछामको मंगलसेन नगरपालिकामा चिर्पटले हानेर दुई जना पुरुषको हत्या भएको छ । मंगलसेन नगरपालिका–१ कुन्तीबण्डाली ढुङ्गानीका प्रेमकुमार साउदले मंगलबार राति  ठूलोबुबा ७२ वर्षीय देउसिङ साउद र ससुरा ५५ वर्षीय वीरभान थापाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा गएको प्रहरी टोलीले हत्यामा संलग्न साउदलाई पकाउ गरेको छ ।  ‘हत्यारालाई हामीले पक्राउ गरिसक्यौँ। बयान लिन बाँकी छ’,डीएसपी शाहीले भने ‘परिवारका अनुसार राति घर बाहिर निस्केर यताउता हिँडिरहेको देखेर ठूलोबुबाले सोध्दा वादविवाद भएको रहेछ।’



बुधबार २५, असार २०७६ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.