नेकपा सचिवालयमा यसरी एक्लिँदैछन् ओली

राजनिति

Yugnepal     811 पटक पढिएको    

नेकपा सचिवालयमा यसरी एक्लिँदैछन् ओली

नेकपा सचिवालयमा यसरी एक्लिँदैछन् ओली
काठमाडौँ फागुन ९

प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक बन्न नसकेपछि पार्टी एकताका सम्बन्ध प्रतिवेदन दिन निर्माण गरिएको कार्यदलको भविष्य अनिश्चित बनेको छ।

यद्यपी, एकता सम्बन्धी कार्यदलले माग गरे अनुसार एक हप्ताको समय दिने–नदिने भन्ने सम्बन्धमा प्रधानमन्त्री समेत रहेका ओली एक्लो परेका छन्। 

ओलीको धारणासँग सचिवालयका बाँकी ८ जनाको धारणा नमिलेपनि कार्यदलका समय थप्ने कि नथप्ने भन्ने सम्बन्धमा छलफल गर्न विहीबार विहान बसेको बैठकले कार्यदलको भविष्य निर्धारण गर्न सकेन।

६ फागुनमा बसेको सचिवालय बैठकमा ‘अपुरो’ प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक रामबहादुर थापाले कार्यदललाई एक हप्ताको समय दिन माग गरेका थिए।

स्रोतका अनुसार ६ फागुनकै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कार्यदल विघटनको प्रस्ताव गरेका थिए।

तर, बरिष्ठ नेता माधव नेपालले ओलीको प्रस्तावको विरोध गरेपछि कार्यदल विघटन गर्ने ओलीको प्रस्ताव पारित हुन सकेन।

स्थायी समितिको बैठकले गठन गरेको कार्यदल केन्द्रीय सचिवालयबाट विघटन गर्न नसक्ने दावी बरिष्ठ नेता नेपालले गरेका थिए।

विघटन गर्ने ओलीको प्रस्ताव नेपालको विरोधका कारण सफल हुन नसकेपछि कार्यदलका सदस्यहरुसँग छलफल गर्ने गरी आजको बैठक बोलाइएको थियो।

आजको बैठकमा सुरेन्द्र पाण्डे र बर्षमान पुन बाहेकका सदस्यहरु उपस्थित थिए, सबै सदस्यहरुले कार्यदललाई एक हप्ताको समय दिन माग गरेका थिए।

कार्यदलका सदस्यहरु धारणा व्यक्त गरेर बाहिरिएपछि सचिवालयको बैठक केही समय चल्यो। त्यसमा कार्यदलका सम्बन्धमा के गर्ने भन्ने विषयमा छलफल भयो।

बैठकमा बरिष्ठ नेता नेपालले एकता सम्बन्धी बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी कार्यदललाई नै दिनुपर्ने धारणा राखे।

वामदेव गौतम, झलनाथ खनालले पनि नेपालकै धारणामा सहमति जनाए भने अध्यक्ष प्रचण्डले स्पष्टसँग कुरा राखेनन्।

स्रोतका अनुसार, अध्यक्ष ओली निकट मानिने ईश्वर पोखरेलले समेत निरन्तरता वा विघटन जे गरेपनि सहमतिमा हुँदा आफूलाई मान्य हुने धारणा राखे।

गृहमन्त्री रामबहादुर थापाले कार्यदल संयोजकको हैसियतमा कार्यदलको म्याद एक हप्ता बढाउनुपर्ने पक्षमा छन्, जसमा महासचिव बिष्णु पौडेलको पनि समर्थन छ।

रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य पोखरेल बीचमा बसेपछि र महासचिव पौडेल एक हप्ता थप्नुपर्ने पक्षमा उभिएपछि कार्यदलका विषयमा ओली एक्लो देखिन पुगेका छन्।

सचिवालयको आजको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका छैनन्। तर, उनीपनि कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा छन्।

यस हिसावले नेपाल, खनाल, गौतम, श्रेष्ठ, थापा, पौडेल गरी ६ जना कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा देखिन्छन् भने अध्यक्ष प्रचण्ड र पोखरेल तटस्थ छन्।

तर, कार्यदलप्रति ओली अझै सकरात्मक नदेखिएकाले कार्यदलको समय थप हुने नहुने अझै अनिश्चित छ। 



शुक्रबार १०, फागुन २०७५ ११:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.