अछाममा करेन्ट लागेर एक युवकको मृत्यु

Yugnepal     662 पटक पढिएको    

अछाममा करेन्ट लागेर एक युवकको मृत्यु

अछाम,  । अछाममा करेन्ट लागेर एक युवकको ज्यान गयको छ । कमलबजार नगरपालिका–६ बिरपथको डुप्के कुणेला भन्ने ठाउँमा आइतबार साँझ साढे ६ बजेतिर स्थानीय नरजित जनालनका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्युु भएको हो ।

रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहि गएका विकासलाई एक्कसी ढलेका र आगलागी भएको मृतकका काका धनबहादुर जनालाले जानकारी दिए ।

पोल नजिक बगिरहेको पानीमा हिँड्ने बेला करेन्ट लागेकोले पोलबाट विद्युत् प्रवाह भएको अनुमान गरिएको छ । करेन्ट लागेपछि आगो समेत सल्केको र विकासको दुबै खुट्टा समेत जलेको धनबहादुरको भनाइ छ । करेन्टबाट विकास सँगै एक गोरु पनि मरेको उनले जानकारी दिए । विद्यामन्दिर मावि विनायकमा आइएसी एजी अध्यनरत विकास बिदामा रोपाइँ गर्न घर आयका थिए ।



सोमबार २३, असार २०७६ १२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.