दिपायल सिलगढीले बाँड्यो सात किसानलाई सत्री वटा बाख्रा

Yugnepal     857 पटक पढिएको    

दिपायल सिलगढीले बाँड्यो सात किसानलाई सत्री वटा बाख्रा

 


डोटीको दिपायल सिलगढी नगरपालिकाले विभिन्न ७ जना किसानलाई शुक्रबार ७० वटा बाख्रा वितरण गरेको छ ।
किसानहरुको आयआर्जन बृद्धि गर्नका लागि नगरपालिकाको पशु सेवा शाखामार्फत पूर्ण अनुदानमा बाख्रा वितरण गरिएको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताईन् ।


उनले भनिन्–‘न्यून आयस्तर भएका किसानलाई आयआर्जनका कार्यक्रममा जोडेर उनिहरुको जीवनस्तर माथि उठाउन पूर्ण अनुदानमा बाख्रा वितरण गरेका छौं । अब बाख्रापालक किसानहरुले मेहनत गर्ने हो भने उनिहरुले साँच्चीकै लाभ लिएर आर्थिक अवस्थामा सुधार आउने छ ।’
जम्मा १० जना किसानलाई १ सय बिस वटा बाख्रा वितरण गर्ने योजना अनुसार पहिलो चरणमा ७ जना किसानलाई १० वटाका दरले ७० वटा बाख्रा वितरण गरिएको र दोश्रो चरणमा अबको एक साताभित्रै थप ५० वटा बाख्रा वितरण गरिने पशु सेवा शाखा अधिकृत सत्यसुन्दर राज भण्डारीले जानकारी दिए ।


ढुवानी सहितको प्रति बाख्राको लागत रु ९ हजारका दरले १ सय २० वटा बाख्रा कूल १० लाख ८० हजारमा बाख्रा खरिद गरी नगरपालिकाले किसानलाई वितरण गरेको हो ।
पहाडमा उपयुक्त हुने खरी जातका बाख्रा खरीद गरी नगरपालिकालाई उपलब्ध गराएको आपुर्तीकर्ता गर्तौला फलफूल तथा कृषि विकास फर्ममका सञ्चालक ध्वज देउवाले बताए ।
शुक्रबार बाख्रा पाउने किसानहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं। ५ गैरा गाउँका पदमे मलासी, वडा नं। ६ सिल गाउँका बसन्ती बोहरा, वडा नं। ६ कै पैयाँभञ्ज्याङ्का खडक बोहरा, वडा नं। ६ मेलतोलाका कृष्ण खत्री, वडा नं। ७ उडितोलाका चित्रा कुमारी जोशी, वडा नं। ६ थाप्लाका टंकेश्वरी मलासी र वडा नं। ७ ओठपाकरीका यज्ञराज बिष्ट रहेका छन् ।
यसका साथै दिपायल सिलगढी नगरपालिकाले किसानहरुलाई गाई, भैंसी र कुखुरा समेत प्रदान गरिरहेको छ ।



शनिबार २१, असार २०७६ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.