नेकपा एकता निल्नु र ओकल्नु, बैठक जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकता निल्नु न ओकल्नु जस्तो भएको छ । यसका लागि प्रयास भने जारी छ ।
पार्टी एकता कार्यदल र सचिवालयको संयुक्त बैठक बालुवाटारमा बिहीबार बिहानदेखि जारी छ । सचिवालयले पार्टी एकताका लागि सहमति जुटाउन गठन गरेको कार्यदलसँग छलफल गरिरहेको हो ।
कार्यदलले अपूर्ण प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि सहमति जुटाउन शीर्ष तहमै छलफल भईरहेको छ । यसैको लागि सचिवालय र कार्यदलको संयुक्त बैठक डाकिएको हो ।
नेतृत्वतहमै खिचातानी र अन्तरविरोध चलिरहँदा बिहीबार पनि एकतामा सहमति निस्कनेमा भने आशंका छ । कार्यदलमा देखिएको अन्तरविरोधले जताततै असर पारिरहेको छ ।
नेकपाभित्र एक अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा अनिच्छा देखाउन थालेको आरोप लाग्दै आएको छ । अर्कातिर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओलीसंग टाढिन खोजिरहेका छन् ।
भेनेजुएला काण्डपछि नेकपाभित्र प्रचण्ड र ओली पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
गत जेठ ३ गते पार्टी एकता भए पनि अझैसम्म स्थानीय तहमा पूर्ण एकता हुन नसक्दा नेकपाभित्र भाँडभैलो जारी छ ।
प्रतिकृया दिनुहोस