प्रधानमन्त्री द्वारा डोटीको बिपीनगर–बोग्टान सडकखण्ड शिलान्यास

सडक शिलान्यास

Yugnepal     2760 पटक पढिएको    

प्रधानमन्त्री द्वारा डोटीको बिपीनगर–बोग्टान सडकखण्ड शिलान्यास

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली जिल्लाको सहजपुर बाट डोटीको बोग्टान क्षेत्र हुँदै दिपायल पुग्ने सडकको मंगलबार डोटीको बिपीनगरमा ५० किलोमिटर सडकको शिलान्यास गर्नुभएको छ ।

सडक शिलान्या गर्दै प्रधानमन्त्री ओलीले ३० महिनामा सो क्षेत्रमा कालोपत्रे सडकमा गाडी कुद्ने बताउनुभएको छ । बोग्टान क्षेत्रको विकासका लागि संघीय सरकारका तर्फबाट बिशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

सडक शिलान्यासका क्रममा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री आोलीले बिपीनगर सहितको क्षेत्रमा विद्युतीकरणका लागि समेत पहल गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आलेले बोग्टान क्षेत्रमा विद्युतीकरणका लागि १० करोड रुपैया लाग्ने बताएपटि उहाँले १० करोड भन्दा बढी लाग्ने भएपनि सो क्षेत्रमा केही महिना भित्र विद्युतीकरणका लागि काम हुने प्रतिवद्धता बयक्त गर्नुभयो ।

सडक शिलानयास हुनासाथ खोइ, गाडी कुदेको भन्ने चलन बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले शिलान्यास भएपछि सडक पूर्ण हुन ३० महिना लाग्ने बताउनुभयो । उहाँले घोषणा हुनासाथ खोइ, पुरा भएको भनेर भन्ने प्रवृति घातक भएको बताउनुभयो । 

बिपीनगरमा प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले शिलान्यास गरेको सो सडक क्षेत्र शिलान्यासको बिषयमा विवादित बनेको छ ।

सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सो सडक ३० बर्ष अघि शिलान्यास भइसकेको बताएको छ । बिभिन्न खण्डमा गरी मंगलबार प्रधानमन्त्री ओलीले गरेको शिलान्यास समेतलाई जोड्दा पाँचपटक शिलानयस भइसकेको सडक पुरा गरेर प्रधानम्मन्त्रीबाट उद्घाटन गराएको भए राम्रो हुने प्रतिपक्षी दलको भनाई छ ।

प्रतिपक्षी दलका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले आफु जिल्ला पञ्चायत सभापति हुँदा नै सो सडक आफैले शिलानयास गरि कैलालीको सहजपुरबाट डोटीको बिपीनगरसम्म मोटर पु¥याएको बताउनुभयो ।

उहाँले सडक पटक पटक शिलान्यास गराएर प्रधानमन्त्रीलाई विवादमा ल्याउने काम गर्न नहुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले मंगलबार नै चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रशासरण लाइन समम जोड्न डडेल्ुधरामा निर्माण भएको विद्युत सव स्टेशनको समेत उद्घाटन गर्नुभएको थियो ।   
 



मङ्गलबार ०७, फागुन २०७५ ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.