लागू पदार्थ विरुद्ध राजधानीमा वृहत र्‍याली

Yugnepal     1544 पटक पढिएको    

लागू पदार्थ विरुद्ध राजधानीमा वृहत र्‍याली

 

काठमाडौं । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले वृहत चेतनामुलक र्‍याली निकालेको छ ।  बुधबार मानव धर्म युवा संगठनको प्रमुख आयोजनामा गौशालादेखि बानेश्वर क्षेत्रमा वृहत चेतनामुलक र्‍याली निकालिएको हो ।

 प्रत्येक बर्ष सचेतनामुलक कार्यक्रम गर्दै आएको र्‍यालीमा नेपाल दशनामी युवा समिति, महानगरिय प्रहरी वृत गौशाला तथा सामुदायिक सेवा केन्द्र गौशाला क्षेत्रको समेत सहभागिता रहेको थियो ।
 
समाजमा युवाहरु लागू पदार्थ तथा कुलतको दल–दलमा फसेकोले चेतनामुलक जागरण गराउन आवश्यक देखिएकोले र्‍याली निकालिएको समितिकी बागमती क्षेत्रप्रमुख महात्मा लता बाइजीले बताइन् ।भविष्यका कर्णाधार मानिने युवाशक्तिलाई सकारात्मक मार्गमा डोर्‍याउन ठुलो चुनौतिको रहेको छ । महात्मा लता बाइजीले भनिन्, हामीले युवा लक्षित विभिन्न आध्यात्मिक सामाजिक कार्यक्रम गर्दै आएका छौं ।

समितिले विगत पाँच दशक भन्दा लामो समयदेखि सनातन धर्मको संरक्षण, सबद्र्धन र प्रवद्र्धन गर्दै आएको छ ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउजे गरिन्छ । सो निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । दिवसको एउटामात्र उदेश्य विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो ।



बुधबार ११, असार २०७६ ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal