जिल्ला प्रशासनबाट लगेका सामान फिर्ता गर्न थाले

युग संवाददाता     25 पटक पढिएको    

जिल्ला प्रशासनबाट लगेका सामान फिर्ता गर्न थाले

 


धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका सामान शनिवारदेखि फिर्ता गर्न थालिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ। आइतवार बिहान १० बजेसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने र्‍याक लगायतका सामान फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।


प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिल गरिएको छ।



आइतबार २९, भदौ २०८२ ०६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal