अब अन्याय हुँदैन भन्ने आशा बोकेर जेल फर्कंदैछु ः रवि लामिछाने

युग संवाददाता     26 पटक पढिएको    

अब अन्याय हुँदैन भन्ने आशा बोकेर जेल फर्कंदैछु ः रवि लामिछाने

 

धनगढी । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् ।


आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनस् कारागार पठाउन लागेको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।


नख्खु कारागारमा रहेको सभापति लामिछाने पछिल्लो पटक जेनजीहरूको प्रदर्शनका क्रममा २४ भदौमा निस्किएका थिए । उनले आफू कारागार प्रशासनकै निर्णय अनुसार बाहिर निस्किएको दाबी सुरुमा गरेका थिए । यद्यपि औपचारिक रुपमा कारागार प्रशासनले उनलाई थमाएको पत्रबारे केही बोलेको छैन ।

उक्त पत्रबारे आलोचना बढेपछि लामिछाने आफैं कारागार फर्कन लागेका हुन् । उनले यसबारे मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।



शनिबार २८, भदौ २०८२ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal