कैलालीमा कर्फ्यू जारी, बिहान र बेलुकी खुकुलो

युग संवाददाता     25 पटक पढिएको    

कैलालीमा कर्फ्यू जारी, बिहान र बेलुकी खुकुलो

 

धनगढी । कैलाली जिल्लाभर जारी गरिएको कर्फ्यू आदेश परिमार्जन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले हिजो दिउँसो ३ बजेदेखि लागू हुने गरि नयाँ आदेश जारी गरिएको हो। अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू र निषेधाज्ञाको आदेश जारी गरिएको हो। स्थानीय प्रशासन ऐनअनुसार प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि अर्को बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।


अत्यावश्यक सेवाका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने आदेशमा उल्लेख छ।



शुक्रबार २७, भदौ २०८२ ०६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal