१५ हजार बोट एकै दिन रोपिने हरियो वडा अभियान सुरु

युग संवाददाता     557 पटक पढिएको    

१५ हजार बोट एकै दिन रोपिने हरियो वडा अभियान सुरु

 

धनगढी, २३ साउन  धनगढी उपमहानगरपालिका–५ नं वडा कार्यालयले ‘हरियो वडा अभियान सुरु गरेको छ। अभियानको सुरुवातको जानकारी दिन शुक्रबार  पत्रकार सम्मेलन गरिएको छ।

वडा अध्यक्ष गजेन्द्र शाहीका अनुसार अभियान अन्तर्गत साउन ३१ गते १५ हजार बिरुवा एकै दिन रोप्ने लक्ष्य लिएको छ। कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री आरजु राणा देउवा रहने तय भएको छ। वृक्षारोपण कार्यक्रममा मन्त्री देउवाले समेत सहभागिता जनाउने अध्यक्ष शाहीले बताए।

शाहीका अनुसार अभियान अन्तर्गत प्रत्येक घरमा दुईवटा बोट वितरण गरिनेछ। वितरण हुने बोटमध्ये एक मोरङ्गा ९सजिवन० र अर्को उन्नत जातको आँप हुने उनले जानकारी दिए।

अध्यक्ष शाहीले ‘हरियो वडा अभियान’ले वातावरण संरक्षण र वडालाई हराभरा बनाउने लक्ष्य लिएको बताए।



शुक्रबार २४, साउन २०८२ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal