दुई मन्त्रीका गाडी एकआपसमा ठोकिय

युग संवाददाता     109 पटक पढिएको    

दुई मन्त्रीका गाडी एकआपसमा ठोकिय

दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए


धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी एकआपसमा ठोकिँदा दुर्घटना भएको छ । आज कैलालीको लम्कीचुहा नगरपालिकाको लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधर विकासमन्त्री सुरेन्द्र पाल सवार गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।भने मानविय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जानकारी दिएकाे छ।

मन्त्री सार्की सवार से १ झ ३३० र मन्त्री पाल सवार बा २ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । कटासे जलविद्युत आयोजनाको इन्टेक उद्घाटन कार्यक्रममा सहभागी हुन चिसापानी जाने बेला सो दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।



मङ्गलबार १४, साउन २०८२ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal