कैलालीमा २० हजार हेक्टर वन क्षेत्र अतिक्रमणकाे चपेटामा

युग संवाददाता     1018 पटक पढिएको    

कैलालीमा २० हजार  हेक्टर वन क्षेत्र अतिक्रमणकाे चपेटामा

धनगढी,७ साउन
कैलाली जिल्लामा अतिक्रमित बन क्षेत्र हटाउन तिब्रता दिईएकाे छ ।  नयाँ आर्थिक बर्ष सुरु भएसंगै डिभिजन वन कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा अतिक्रमण गरिएका बन क्षेत्र खाली गराउन सुरु गरेकाे हाे । डिभिजन बन कार्यालय  कैलालीका बरिष्ट डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले पछिल्लाे १० बर्ष यता अतिक्रमण गरिएका वन क्षेत्र खाली गराउन सुरु गरिएकाे बताउनु भयाे ।
उहाँका अनुसार मंगलबार मात्र गाैरिगंगा नगरपालिका स्थित सरस्वति सामुदायिक वन  क्षेत्रमा अतिक्रमित  ४ हेक्टर वन क्षेत्र खाली गरिएकाे छ ।  जिल्लाभर झण्डै २० हजार हेक्टर वन अतिक्रमणकाे चपेटामा परेकाे अनुमान गरिएकाे छ । अधिकृत भट्टले साउन महिना भित्र अतिक्रमित बन क्षेत्र खाली गराउने याेजना रहेकाे बताउनुभयाे । उहाँले तत्काल फुलबारी रेन्जरपाेष्ट अन्तर्गत दुई ठाउँमा र गाेदावरी नगरपालिकाकाे एक ठाउँमा अतिक्रमित वन क्षेत्र खाली गराउने   बताउनुभयाे ।



बुधबार ०८, साउन २०८२ १०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal