प्रेस युनियन कैलालीले गर्याे रक्तदान सचेतनामुलक कार्यक्रम

युग संवाददाता     740 पटक पढिएको    

प्रेस युनियन कैलालीले गर्याे  रक्तदान सचेतनामुलक कार्यक्रम

धनगढी। कैलालीको धनगढीमा पत्रकार लक्षित रक्तदान सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोग तथा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा रक्तदातालाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यसहित सोमबार सो सचेतनामुलक कार्यक्रम गरिएको हो ।३
नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रमको समुदघाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरेकी थिइन । सो अवसरमा उनले रक्तदान अहिलेको आवश्यकता रहेको बताइन । उनले विशेषतः विरामीहरुको ज्यान जोगाउन रगत आवश्यक पर्ने भएकाले त्यसको पुर्ति गर्न सबैले रक्तदान गर्न जरुरी रहेको बताइन ।
सुदूरपश्चिमका केही सीमित जिल्लामा मात्र ब्लड बैंक स्थापना गरिएको औल्याउँदै उनले भनिन् ‘मन्त्रालयले छिट्टै ९ वटै जिल्लामा ब्लड बैंक स्थापनाका लागि गृहकार्य गरिरहेको छ ।’
रक्तदानले समुदायमा ठूलो योगदान पुग्ने पनि उनले बताइन् ।

 



सोमबार २३, असार २०८२ १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal