सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

युग संवाददाता     110 पटक पढिएको    

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

 


धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको नाउपा संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी दिए । संसदीय दलको बैठकमा दलका नेता घनश्याम चौधरी, सचेतक इन्दिरा गिरी र रामेश्वर चौधरीको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले प्रदेश र संघ सरकारलाई दिएको समर्थन फिर्ता लिइ प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।

सुदूरपश्चिममा नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकार भने सुरक्षित रहेको छ । ५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिममा बहुमतको सरकारको लागि २७ सिट चाहिन्छ । यहाँ सत्तारुढ दल नेपाली काँग्रेससँग १८ र नेकपा एमालेसँग ११ जना सांसद छन् ।
यहाँ नाउपाका ७ जना सांसद छन् ।



शनिबार २१, असार २०८२ ०४:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal