कैलारी गाउँपालिकाको बजेट ७२ करोड २५ लाख

युग संवाददाता     594 पटक पढिएको    

कैलारी गाउँपालिकाको बजेट ७२ करोड २५ लाख

 

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष भगवतीकुमारी चौधरीले आज गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् । कैलारीले कार्यालय सञ्चालनतर्फ ११ करोड ५४ लाख, समपूरक कोषतर्फ पाँच करोड २५ लाख, बाँकी भुक्तानीका लागि दुई करोड ५० लाख, भूमि व्यवस्थापनतर्फ ६० लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख बजेट विनियोजन गरेको छ।


यस्तै, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १० लाख र अध्यक्ष रोजगार कार्यक्रमका लागि १० लाख रुपियाँ बजेट छुट्टयाइएको छ। यसैगरी, नौ वटै वडालाई ६० लाखका दरले कुल पाँच करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको उपाध्यक्ष चौधरीले जानकारी दिए



शुक्रबार १३, असार २०८२ ०३:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal