राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाईकल र्‍याली गदै

युग संवाददाता     147 पटक पढिएको    

राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाईकल र्‍याली गदै

 

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाईकल र्‍याली निकालिने जनाएको छ । भोली मंगलबार राष्ट्रवादी युवा समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए । ।आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार, सरकार निर्माणको आफ्नो उद्देश्यबाट च्युत भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोली मोटरसाईकल र्‍याली र १८ गते धनगढीमा आमसभा गर्ने जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यले र्‍यालीको तयारी पुरा गरेको प्रदेश अध्यक्ष जोशीले बताए । त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको उनले बताए ।


अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढीसम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई आग्रह पनि गरे ।



सोमबार १२, फागुन २०८१ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal