धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले खेलकुद प्रतियोगिताले भावानात्मक एकताको सन्देश दिने गरेको बताएका छन् ।
शुक्रबार धनगढीमा सम्पन्न भएको तेस्रो सिसिएस अन्तर कलेज स्तरीय फुटबल प्रतियोगितामा बोल्दै उनले खेलकुद राष्ट्र र स्वास्थ्यका लागि महत्वपूर्ण विधा भएको बताए ।
उनले पछिल्लो पटक खेलकुद क्षेत्रमा लागेका युवाहरु पलायन हुने गरेकोले विभिन्न समयमा गरिने खेलकुद प्रतियोगिताले खेलाडीहरुको मनोबल बढाउने काम भएको बताए ।
सभापति पाठकले नीजि क्षेत्रबाट सञ्चालन भइरहेका खेलकुदका गतिविधिले खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको बताए ।
क्लेजका अध्यक्ष हरि रेग्मीले नीजि क्षेत्रको एक्लो प्रयासले मात्र खेलकुदका गतिविधि सञ्चालन गर्न कठिन भएकोले प्रदेश सरकारले पनि खेलकुदको क्षेत्र प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक रहेको बताए ।
एनले प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरे । उनले आगामी दिनमा पनि सबैको सहयोगमा प्रतियोगितालाई थप परिष्कृत गर्दै लैजाने बताए ।
कलेजका प्राचार्य हरिप्रसाद जोशीले प्रतियोगितामा सहभागी टिमले इमान्दारीका साथ भाग लिएर खेल प्रदर्शन गरेकोमा धन्यवाद दिए ।
सो प्रतियोगितामा आयोजक सिसिएस कजेलले प्रथम स्थान हासिन गर्न सफल छ । कपर्डहलामा शुक्रबार भएको अन्तिम फाइनल खेलमा आयोजक सिसिएस कलेज र अत्तरियाको होलिल्याण्ड एकेडेमीबीच एको थियो ।
निर्धारित समयकोलका कसैले गोल हान्न नसकेपछि पेनाल्टी सुट आउटमा आयोजक सिसिएसले ३ गोलका साथ प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
अत्तरियाका डोलिल्याण्डले २ गोल हानेर दोस्रो स्थान आगट्न सफल भएको थियो । कलेजका शेरबहादुर विष्टले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न पुरस्कार वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस