तालिमलाई रोजगारसँग जोड्न आवश्यक छ ः मन्त्री भण्डारी

युग संवाददाता     61 पटक पढिएको    

तालिमलाई रोजगारसँग जोड्न आवश्यक छ ः मन्त्री भण्डारी

 

धनगढी । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तालिमलाई रोजगारसँग जोड्न आवश्यक भएको बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा आजबाट सुरुभएको सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले तालिमलाई व्यवसायसँग जोड्नु पर्ने बताए ।

उनले भने ‘विभिन्न मन्त्राललयहरुले पनि लामो समयदेखि विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने तालिम दिइरहेका छौँ तर त्यसबाट कति जना रोजगारीसँग जोडिए त्यो हेर्नुपर्ने हुन्छ ।’

उनले एक महिनाको अवधिमा दिइने तालिमको समयावधि पर्याप्त हो होइन् छलफल गर्न आवश्यक रहेको बताए । उनले परिणाम प्राप्त नहुने तालिमको सान्दर्भिता नुहने बताउँदै तालिम परिणाममुखि हुनुपर्ने बताए ।

उनले संघ,प्रदेश र स्थानीय तहले छरिएर नभएर एउटै एकीकृत ढाँचामा तालिम सञ्चालन गनुपर्नेमा जोड दिए । नेपाली श्रमबजारमा बाहिरबाट जनशक्ति आयात भइरहेको र श्रमबजारको मुनाफा लगिरहेको बताउँदै यस्तो बेला सीप तथा रोजगार मेलाको सान्दर्भिकता,आवश्यता महसुस हुने बताए ।

आज धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेर राम्रो कामको सुरुवात गरेको बताउँदै उनले यसको सिङ्गो सुदूरपश्चिमका साथै सिङ्गो देशले अपनत्व ग्रहण गर्नुपर्ने बताए । आजबाट सुरुभएको मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।



बिहिबार ०८, फागुन २०८१ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal