पत्रकार महासंघ कैलालीका निबर्तमान अध्यक्ष हिमालय जोशी सम्मानित

युग संवाददाता     109 पटक पढिएको    

पत्रकार महासंघ कैलालीका निबर्तमान अध्यक्ष हिमालय जोशी सम्मानित

ब्रोड वेष्ट एकेडेमीको बार्षिकोत्सब

धनगढी माघ २९ /  ब्रोड बेष्ट एकेडेमीले १० औ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।  । धनगढी उपमहानगरपलिका वडा नम्वर ६ मा रहेको ब्रोड बेष्ट एकेडेमीले विभिन्न साँकृतिक कार्यक्रम सहित बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खडका प्रमुख अतिथी रहेका थिए । 
कार्यक्रममा वोल्दै प्रमुख अतिथी खडकाले बिद्यालयको सुधारमा अभिभावकको महत्वपुर्ण भुमिका रहने बताए । उनले शिक्षा संगै संस्कार सिकाउन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु््याए बाफत पत्रकार महासंघ कैलालीका निबर्तमान अध्यक्ष हिमालय जोशीलाई सम्मान गरिएको छ । जोशीलाई सामाजिक विकास मन्त्री खडकाले दोषल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरेका हुन ।
 बिद्यालयका संस्थापक एवं प्रिन्सिपल रमेश विकले कार्यक्रममा बिद्यालयको प्रगती विवरण प्रस्तुत गरेका थिए । कक्षा ८ सम्म संचालनमा रहेको उक्त बिद्यालयमा झण्डै ४ सय बिद्यार्थी रहेका छन ।



मङ्गलबार २९, माघ २०८१ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal