सत्ता गठबन्धन सम्झौता अनुसार नै चल्छ ः गृहमन्त्री लेखक

युग संवाददाता     451 पटक पढिएको    

सत्ता गठबन्धन सम्झौता अनुसार नै चल्छ ः गृहमन्त्री लेखक

धनगढी । सोमबार धनगढीमा संचारकर्मी संग कुरा गर्दै गृहमन्त्री लेखकले बर्तमान सत्ता गठबन्धन सम्झौता अनुसार नै अघि बढिरहेको बताएका छन् । उनले भने  ब्यक्तिगतरुपमा कुन नेताले कहाँ के वोल्छन त्यो राजनितिक कुरा हो, तर संस्थागत रुपमा नेपाली काँग्रेस र एमाले बिच सत्ता संचालनमा कुनै समस्या छैन ।

एमाले महासचिब शंकर पोख्रेल र माओवादी उपमहासचिव बर्षमान पुन बिच बाम गठबन्धन गर्ने कुराले सत्ता गठबन्धनमा समस्या आएको हो भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले त्यो दुई जना बिचको राजनितिक गफ भएकाले सरकारलाई कुनै समस्या नभएको बताए । उनले भने ९ सरकार दुई दलको सम्झौता अनुसार २०८४ को निर्वाचन सम्म अघि बढ्छ, कुनै समस्या छैन ।

यसैगरी गृहमन्त्री लेखकले सरकारका काम कार्वाहीलाई गति दिन अध्यादेश जारी गरेको बताउँदै उपयुक्त समयमा संसदमा पेश गरि पास हुने उल्लेख गरे । उनले अध्यादेश पारित गर्न कुनै समस्या नरहेको समेत उल्लेख गरे ।

गृहमनत्री लेखक निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन लाई उद्घाटन गर्ने धनगढी आएका हुन् ।



सोमबार २८, माघ २०८१ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal