थारु समुदायको हकहित संरक्षण गर्न नेपाली काँग्रेस प्रतिबद्ध छ ः परराष्ट्रमन्त्री देउवा

युग संवाददाता     124 पटक पढिएको    

थारु समुदायको हकहित संरक्षण गर्न नेपाली काँग्रेस प्रतिबद्ध छ ः परराष्ट्रमन्त्री  देउवा

 

धनगढी, २६ माघ/  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले थारु समुदायको हकहित संरक्षण गर्न नेपाली काँग्रेस पार्टी सदैव  प्रतिबद्ध रहेको बताईन । उनले  २०५८ सालमा नेपाली काँग्रेसले थारु कमलहरी मुक्त घोषणा गरेको समेत  स्मरण गराईन ।

 नेपाली काँग्रेसको थारु विभाग तथा नेपाल थारु संघले कैलालीको  हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेलामा परराष्ट्रमन्त्री  डा आरजु राणा देउवाले  थारु समुदायको हकहितमा लडने पार्टि नेपाली काँग्रेस रहेको बताईन ।

उनले भनिन्  ( नेपाली काँग्रेस सधै थारु समुदायको अधिकार स्थापित गर्न लागिरहेको छ, यो तपाईहरु नेपाली काँग्रेसले थारु समुदायका लागि गरिरहेको कामबाट पनि थाह पाउनुहुन्छ ।
 नेतृ देउवाले  सामाजिक सञ्जालमा देशको नकारात्मक चित्रण गर्ने कुरा चुनौतिको रुपमा रहेको बताइन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले भनिन् ( देशमा केही नभएको होइन् धेरै काम भएको छ,  बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुदै गएको छ ।


नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाढी बढ्न उनले आग्रह गरिन् । 


कार्यक्रममा विभिन्न तहका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको    थियो । थारु समुदायको राजनीतिक सशक्तीकरण, अधिकार सुनिश्चितता, र समृद्धिको विषयमा केन्द्रित रहेर छलफल भएको थियो।


 थारु विभागका नेताहरूले समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप सक्रिय भूमिकाका लागि माग गरे।

भेलामा थारु समुदायको आर्थिक तथा सामाजिक विकासका लागि योजनाबद्ध रणनीति निर्माण गर्ने विषयमा छलफल गरिएको थियो ।


नेपाल थारु संघ कैलालीका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल थारु संघका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू, बुद्धिजीवी, तथा थारु समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो
भेलाले विभिन्न प्रस्ताव पारित गर्दै आगामी दिनमा थारु समुदायको शसक्तिकरणका लागि प्रभावकारी नीति तथा कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ।

 

 



शनिबार २६, माघ २०८१ ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal