सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ -चित्रबहादुर केसी

युग संवाददाता     82 पटक पढिएको    

सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ -चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उनले संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाउनु भयो । उनले अध्यादेश ल्याउनै पर्ने गरी राष्ट्रलाई के सङ्कट परेको थियो भन्दै प्रश्न समेत गरे । उनले राजनीतिक दलहरूको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गरे ।
 
उनले भने, ‘संसद बोलाएर संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । संसद नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने रु यो उल्टो बाटो भएन रु अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्‍यो नि । राष्ट्रको अगाडि के सङ्कट थियो रु बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि रु संसद बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो । राजनीतिक पार्टीहरूको यो चरित्रले, यो व्यवहारले र यो नीतिले देशको अर्थतन्त्र सुध्रिन्छ 

प्रमुख राजनीतिक दलका नेताहरूकै कारण मुलुकको विकास हुन नसकेको उनको आरोप छ । 



शनिबार २६, माघ २०८१ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal