काँग्रेस कैलालीको जिल्ला सम्मेलन आज परराष्ट्र मन्त्री डा ःआरजु राणा देउवाद्वारा उद्घाटन

युग संवाददाता     228 पटक पढिएको    

काँग्रेस कैलालीको जिल्ला सम्मेलन आज परराष्ट्र मन्त्री डा ःआरजु राणा देउवाद्वारा उद्घाटन

काँग्रेस कैलालीको जिल्ला सम्मेलन आज परराष्ट्र मन्त्री डा ःआरजु राणा देउवाद्वारा उद्घाटन 

धनगढी, माघ २५  नेपाली काँग्रेस कैलाली दोस्रो जिल्ला सम्मेलन  आज धनगढीमा हुने भएको छ  । कार्यक्रमको उद्घाटन पार्टीको केन्द्रीय सदस्य एवं नेपाली परराष्ट्र मन्त्री डा ः आरजु राणा देउवाद्वारा हुने भएको  छ ।  काँग्रेसको जिल्ला सम्मेलन माघ २० गते आइतबार बसेको बैठकले १४ औँ महाअधिवेशन  पछिको दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । काँग्रेसले माघ २५ गते धनगढीमा जिल्ला सम्मेलन गर्ने मिति तय गरेको हो ।

काँग्रेस कैलालीले वडा देखी केन्द्र तहका संरचनामा सङ्गठनलाई चलायमान बनाउनलाई सम्मेलनको आयोजना गरिरहेको छ । जिल्ला समितिले वडा, नगर, प्रदेश र क्षेत्रीय समितिको सम्मेलन सकेर अब जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । कार्यकर्ताहरूको तल्लो तह सम्मको एजेन्डालाई समेटेर जिल्ला समितिले आफ्नो कार्यदिशा तय गर्ने रणनीति बनाएको नेपाली काँग्रेस कैलालीले जनाएको छ । 

सम्मेलनमा संगठनीक प्रतिवेदन, आर्थिक प्रतिवेदनमा छलफल गरिने कार्यसमितिले जानकारी दिएका छ  ।  

सम्मेलनमा पार्टीको केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रका सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका क्षत्रिय सभापति, पदाधिकारीहरू, पालिका सभापति पदाधिकारी सदस्य हरुको सहभागीता रहने छ  ।  यस्तै गरी पार्टीको वडा सभापति, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरूको प्रमुख एवं प्रतिनिधिहरूको सम्मेलनमा सहभागी हुने छ ।  सम्मेलन धनगढीमा रहेको कैलाली उद्योग वाणिज्य संघको सभा हलमा हुने छ ।



शुक्रबार २५, माघ २०८१ ०४:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal