केपी ओलीले प्रधानमन्त्री पदका  लागि काँग्रेस संग सहकार्य गरेको हो  ः डा रावल

युग संवाददाता     108 पटक पढिएको    

केपी ओलीले प्रधानमन्त्री पदका  लागि काँग्रेस संग सहकार्य गरेको हो  ः डा रावल

 

धनगढी,२४ माघ 
मातृभुमी जागरण अभियान नेपाल अभियान मात्र नभएर अब निर्माण हुने एक शसक्त पार्टिको जग भएको बताएका छन । उनले सबैको सुझाब र सल्लाह अनुसार चाँडै शसक्त पार्टी निर्माण हुने बताए ।
बिहिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मातृभुमी जागरण अभियान नेपालका प्रस्तावक डाक्टर रावलले  यो अभियान सबै अटने, देश र जनताका पक्षमा काम गर्ने शसक्त पार्टी निर्माणका लागि जग रहेको बताए । उनले भने  तल्लो स्तरमा कमिटि निर्माण समेत भईरहेका छन, अब अन्य जिल्लाहरुमा घुमेर चाँडै केन्द्रीय समिति निर्माण हुन्छ । केन्द्रमा पनि धेरै तह र तप्काका मान्छेसंग छलफल भईरहेको छ, रावलले भने ( प्रवासमा समेत छलफल चलिरहेको छ, चाँडै शसक्त पार्टीको रुपमा देख्नुहुनेछ ।
उनले बिभिन्न जिल्ला र प्रवासबाट समेत अभियानलाई समर्थन प्राप्त भईरहेको बताए । अभियानकै क्रममा यहि २६ गते शनिवार कैलाली र कंचनपुर केन्द्रित बृहत् जागरण भेला धनगढीमा आयोजना  हुने यसमा सहभागी  हुन  समेत रावलले सबैलाई आग्रह गरे ।
 नेता रावलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नयाँ समिकरण बनाउँदा राती १२ बजे गरेको हस्ताक्षर प्रतिलिपि जनता माझ ल्याउनु पर्ने बताए ।
उनले यदि  साँच्चिकै संबिधान संसोधनका लागि यो गठबन्धन बनेको हो भने जनतासंग अपिल गर्नु पर्ने र काम अघि बढनु पर्ने बताउँदै त्यसो नभएर जनतालाई ढाँटेर सत्ताका लागि गरेकाले चुपचाप बसेका आरोप लगाए ।
डाक्टर रावलले आफू नेकपा एमाले छँदा सरकार, संसद वा सडकमा जनताको आवाज उठाएको
नेपालीको स्वाभिमान, भ्रष्टाचारको बिरोध लगातार गर्दै आएको तर कतिपयलाई त्यो नपचेको बताए । एमालेले दस्तावेजमा सत्रु समेत भनेको पार्टि संग प्रधानमन्त्री पदका लागि सहकार्य गरेको रावलको आरोप छ ।
धमाधम कार्वाहीको नाममा केपि ओलीले दमन गरेको उनको भनाई छ । रावलले भने  मेरो सदस्यता खारेज गरेर मेरो आवाज दब्दैन नत मैले उठाएको झण्डा नै झुक्छ, झन शसक्त भएर अघि बढछु ।



बिहिबार २४, माघ २०८१ ०९:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal