डोटीमा गोब्रे च्याउको व्यवसायीक उत्पादन गर्दै  शाही

युग संवाददाता     416 पटक पढिएको    

डोटीमा गोब्रे च्याउको व्यवसायीक उत्पादन गर्दै  शाही

 

डोटी / डोटीमा गोब्रे च्याउ व्यवसाय सुरु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका– ५ का कृषक जय बहादुर शाहीले गोब्रे च्याउको व्यवसायीक उत्पादन सुरु गरेका छन। गत वर्ष उक्त च्याउको परिक्षण उत्पादन सफल भएपछि यस वर्षदेखी शाहीले  व्यवसायीक रुपमा च्याउको उत्पादन सुरु गरेका हुन। उनले जग्गा भाडामा लिएर पहिलोपटक उक्त च्याउखेती थालनी गरेको बताएका छन।

यसअघि कन्य च्याउ उत्पादन गर्दै आएका शाहीले कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि गोब्रे च्याउको पनि खेती सुरु गरेका हुन। उक्त च्याउको खेतीका लागि केन्द्रले उनलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ। शाहीले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएको बताए। उनका अनुसार उनले मंसिर ३० गते च्याउ राखेका हुन। जसका लागि प्रतिकिलो ५० रुपैयाका दरले २० टन कम्पोस्ट खरिद गरेको उनले बताए।

त्यतिमात्रै नभई उक्त च्याउको बीउ पनि धनगढीबाट ल्याएको उनले बताए। उनका अनुसार उक्त च्याउ उत्पादन सुरु हुञ्जेलसम्म २ लाख रुपैया लागत लागेको छ। अन्य च्याउ भन्दा अलि बढि समय सम्म राख्न मिल्ने, पौष्टिक तत्वको मात्रा राम्रो हुने र बजारमा माग राम्रो भएकाले अन्य च्याउ भन्दा गोब्रे च्याउको खेती राम्रो हुने कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।



मङ्गलबार २२, माघ २०८१ ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal