लोकतन्त्रमा व्यक्ति होइन संस्था बलियो बन्नुपर्छः मिनेन्द्र रिजाल

युग संवाददाता     150 पटक पढिएको    

लोकतन्त्रमा व्यक्ति होइन संस्था बलियो बन्नुपर्छः मिनेन्द्र रिजाल

 

चितवन । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताएका छन् । 


चितवमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ ।” 

कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन हुनुपर्ने उनको भनाइ थियो । उनले थपे, “कांग्रेस र एमालेले साझा जिम्मेवारीमा भोलि एकअर्कासँग प्रतिस्पर्धा गर्ने र आज लोकतन्त्रलाई मूल दायित्वमा लियर जाने हो भने हाम्रो सिस्टम र संविधान बलियो हुन्छ ।”

बहुमतको सरकारले जनताको अपेक्षा पूरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ थियो । जनताको विश्वासमा घात हुन नहुने रिजालले बताए ।



शनिबार २६, साउन २०८१ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal