काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक बसिरहेको छ । बुधबार बिहानदेखि पार्टी कार्यालय बालाजुमा शुरु भएको बैठकको प्रत्यक्ष प्रसारण नभएपछि महामन्त्री डा। मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।
बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।
आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।
प्रतिकृया दिनुहोस