बेपत्ता विपिनको रिहाइका लागि कतारी राजासँग राष्ट्रपति पौडेलको आग्रह

युग संवाददाता     469 पटक पढिएको    

बेपत्ता विपिनको रिहाइका लागि कतारी राजासँग राष्ट्रपति पौडेलको आग्रह

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका राजासँग आग्रह गरेका छन् । 

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह यहाँ आएका कतारका राजा शेख तमिम बिन हमद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले सो आग्रह गरेका हुन् । 

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाईका लागि कतारका राजालाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 


गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी वेपत्ता नै रहेका छन् । कतारका राजाले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यस बारेमा थप पहल गर्ने पनि बताएका थिए ।



मङ्गलबार ११, बैशाख २०८१ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal