तत्काल बाम एकता सम्भव छैन  प्रधानमन्त्री प्रचण्ड

युग संवाददाता     538 पटक पढिएको    

तत्काल बाम एकता सम्भव छैन  प्रधानमन्त्री प्रचण्ड

धनगढी,९ बैशाख
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल बाम एकता सम्भव नरहेको बताएका छन ।  उनले अहिले सहकार्य अघि बढिरहेको बताए ।
सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम पुगेका प्रधानमन्त्री दाहालले आज धनगढी बिमानस्थलमा पत्रकार सँग कुरा गर्दैे बिस्तारै राम्रो सहकार्य र सहमती हुँदै गएमा पछि गएर बाम एकता हुन सक्ने बताए ।  प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन पुरै कार्यकाल सम्म रहने बताए ।  प्रधानमन्त्री दाहालले भने  गठबन्धनबाट प्रदेशमा सरकार बनाउने काम पनि अन्तिम चरणमा रहेको छ, अब कोशी प्रदेशमा मात्र मुख्यमन्त्री चयन गर्न बाकी छ अब त्यहाँ पनि चाँडै हुन्छ । 
अहिलेको सत्ता समिकरण बामपन्थीको मात्र भनेर नगरेको बताउदै प्रधानमन्त्री दाहालले भने बाम एकता भन्नु सहि नभएको बताए ।



आइतबार ०९, बैशाख २०८१ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal