काँग्रेसबाट इलाम २ मा खड्का र बझाङमा अभिषेक बने उम्मेदवार

युग संवाददाता     489 पटक पढिएको    

काँग्रेसबाट इलाम २ मा खड्का र बझाङमा अभिषेक बने उम्मेदवार

काठमाडौँ। नेपाली काँग्रेसले इलाम -२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम -२ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

काँग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेसले इलाम(२ मा उम्मेदवार तय गर्न आज सबै आकाङ्क्षीसँग छलफल गरेका थिए।

इलाम(२ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए।

डम्बर खड्का २०७९ को मङ्सिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए। 



बिहिबार २२, चैत २०८० ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal